जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज भारतको गिरिजास्थान पुग्ने भएको छ । हिजो जनकपुरधामको हनुमाननगरबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरु कल्याणेश्वर पुगेर विश्राम गरेका थिए । उनीहरु आज बिहानै भारतको गिरिजास्थानकाका लागि निस्किएका छन् ।
आज गिरिजास्थानमा रात्री विश्राम गरेर भोली बिहीबार मटिहानी, पांचौ दिन ८ गते जलेश्वर, छठौ दिन ९ गते मडई, सातौं दिन १० गते ध्रुव कुण्ड, आठौं दिन ११ गते कंचनवन, नवौं दिन १२ गते पर्वता, दशौं दिन १३ गते धनुषाधाम, एगारहौं दिन १४ गते सत्तोषर, बारहौं दिन १५ गते औरही, तेरहौं दिन १६ गते करुणा, चौदहौं दिन १७ गते विसौल हुँदै कल्याणेश्वरबाट पन्द्रहौं दिन १८ गते जनकपुरधाम आई पुग्नेछ ।
अन्तिम दिन जनकपुरधाम आइपुगेका माध्यमिकी परिक्रमा अन्तगृह परिक्रमा गरी मिथिला माध्यमिकी परिक्रमा समाप्त हुने छ । मिथिलाको महाकुम्भ भनेर चिनिने धार्मिक यात्राको रुपमा रहेका माध्यमिकी परिक्रमा १५ दिनको अवधिमा नेपाल भारतका विभिन्न १५ पडावसहित करिब १३३ किलोमिटर यात्रा सहभागीहरुले तय गर्छन् । परिक्रमा नेपाल र भारतका गरी १५ स्थानमा रात्रि विश्राम गर्दै अघि बढ्छ । परिक्रमामा लाखौं श्रद्धालुभक्तजनको सहभागिता हुन्छ ।










प्रतिक्रिया