Logo

Breaking News 1

आईतबार घोषणा पत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी



काठमाडौं । नेपाली कांग्रेसले भोली (आइतबार) घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

कांग्रेसले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा घोषणा पत्र सावर्जनिक गरिने जनाएको छ ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले यसपटकको घोषणापत्रमा १० वटा मुख्य भिजनसहितको संकल्प ल्याउँदैछ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ९ : १३ बजे