दरबार हाई स्कुलका बालिकाहरूलाई एचपिभि (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप लगाइएको छ ।

पाठेघरको मुखको क्यान्सरबाट जोगिन सहयोग गर्ने यस खोप अभियान अन्तर्गत छात्राहरूलाई स्वास्थ्यकर्मीको उपस्थितिमा खोप प्रदान गरिएको हो ।

विद्यालय परिसरमै सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत बालिकाहरूलाई एचपिभि संक्रमण र यसबाट हुन सक्ने जोखिमबारे जानकारी समेत दिइएको थियो ।












प्रतिक्रिया