संखुवासभा । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) का तर्फबाट संखुवासभाका उम्मेदवार पूर्वराजदूत डा.अर्जुन कार्की चुनावी दौडमा छन् । डा.कार्कीलाई विजयी गराउन विभिन्न नगरपालिकाहरुले चुनाव परिचालन कमिटी विस्तार गर्न थालेका छन् ।
हालै एमाले खाँदबारी नगर कमिटीको निर्वाचन केन्द्रित विस्तारित बैठकमार्फत ५०१ सदस्यीय चुनाव परिचालन कमिटी गठन गरेको छ । एमाले पुर्वस्थायी कमिटी सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख एवम केन्द्रीय सदस्य राजेन्द्र प्रसाद गौतमको प्रमुख आथित्यता चुनाव परिचालन कमिटी बनाइएको हो ।
नगर कमिटी अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य तथा सङ्खुवासभा निर्वाचन परिचालन संयोजक तुलसी प्रसाद न्यौपाने, एमाले केन्द्रीय कमिटी सदस्य कमला तामाङ, प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. कार्की र नेकपा एमाले जिल्ला कमिटी संखुवासभा अध्यक्ष खड्ग बहादुर राईले निर्वाचन परिचालन सम्बन्धी धारणा राखेका थिए ।
बैठकमा प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो। डा.कार्कीले मंगलबार खाँदबारी तुम्लिङटार मतदाता भेटेका छन् । त्यस्तै यसअघि सभापोखरी गाँउ कमिटीको निर्वाचन केन्द्रित विस्तारित बैठकमार्फत ३०१ सदस्यीय चुनाव परिचालन कमिटी गठन गरिएको थियो।
यसअघि चैनपुरमा चैनपुर नगर कमिटीको निर्वाचन केन्द्रित विस्तारित बैठकबाट ५०१ सदस्यीय चुनाव परिचालन कमिटी गठन गरिएको थियो । मतदाता भेटघाट तिब्र बनाएका डा.कार्कीले जिल्लाको विकासका लागि आफूले स्पष्ट खाका तयार गरेको र विगतमा भएका उपलब्धिहरुबारे मतदाताहरुलाई बुझाउन थालेको बताएका छन् ।
‘समुन्नत सङ्खुवासभा, समृद्ध नेपाल’ नारासहितको प्रतिबद्धता पत्र जारी गर्दै डा।कार्कीले संखुवासभाकै माटोमा जन्मिएर, हुर्किएर, देश विदेशसम्म विभिन्न जिम्मेवारीमा पुगेर फेरि आफ्नै गाउँठाउँ र जिल्लाको विकास गर्ने हुटहुटी लिएर प्रत्यक्ष राजनीतिमा प्रवेश गरेको पनि उल्लेख गरेका छन्।
२० माघ २०८२, मंगलबार
69
Shares








प्रतिक्रिया