Logo

Breaking News 1

दुर्घटना न्यूनिकरण विशेष अभियानमै सरकारको उपस्थिति नहुनु दुःखद्



काठमाडौं । राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले ‘दुर्घटना न्यूनिकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ सञ्चालन गर्दा पनि यातायात मन्त्रालय र विभागहरुको उपस्थिति नरहेको बताएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘दुर्घटना न्यूनिकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को समापन कार्यक्रममा उनले यस्तो भव्य कार्यक्रममा सरकारको तर्फबाट उपस्थिपत नहुँदा मन्त्रालय परमिट मात्र जारी गर्ने, विभागले पैसा मात्र उठाउने सबै काम ट्राफिक प्रहरी, यातायात मजदुर, यातायात व्यवसायी र आम नागरिकले गर्नुपर्ने प्रश्न उठेको बताए ।

उनले भने, ‘पुष २६ गतेदेखि यति ठूलो र भव्य रुपमा कार्यक्रम गर्दा यातायात व्यवस्था विभाग, यातायात मन्त्रालय, सडक विभाग, सडक बोर्ड कसैको पनि उपस्थिती देखिएको छैन् । मन्त्रालय परमिट मात्र जारी गर्ने, विभागले पैसा मात्र उठाउने, कर मात्र उठाउने अनि अस्तव्यस्त काम सबै ट्राफिक प्रहरी, यातायात मजदुर, यातायात व्यवसायी र आम नागरिकले मात्रै लिने भन्ने प्रश्न उठेको छ ।’

यस्तै, उनले दर्दनाक अवस्थाबाट मुलुक गुज्रिएको बेलापनि ट्राफिक प्रहरी, नेपाल प्रहरीले होनहार तरिकाले विविध कार्यक्रमहरु गरिरहेको पनि बताए । उनले भने, ‘ट्राफिक प्रहरी रातदिन नभनि सडकमा खट्ने हो । दर्दनाक अवस्थाबाट मुलुक गुज्रिएको छ त्यो अवस्था अथवा खरानीबाट उठेको ट्राफिक प्रहरी, नेपाल प्रहरीले होनहार तरिकाले विविध कार्यक्रमहरु गरिरहेको छ ।’
ठमेल क्षेत्रमा आन्तरिक र बाहिर पर्यटकहरु धेरै आउने हुनाले यो ठाँउमा कार्यक्रमको आयोजना गरेको भन्दै यसको उद्देश्य दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनु रहेको उनको भनाई छ ।

उनले भने, ‘यो साप्ताहिक कार्यक्रमको उद्देश्य भनेको दुर्घटना न्यूनीकरण गर्ने र ट्राफिक व्यवस्थापनलाई द्रुत बनाउने र प्रभावकारी तरिकाबाट अगाडि लाने हो । त्यो उद्देश्य अनुसार २४ घण्टा खुल्ला रहने यो पर्यटन क्षेत्र ठमेलमा कार्यक्रमको आयोजना गरेको हो । यो क्षेत्रमा आन्तरिक र बाहिरि पर्यटकहरु पनि धेरै आउने भएको हुनाले पनि यो ठाँउमा कार्यक्रमको आयोजना गरेको हो ।’

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ६ : ३३ बजे