काठमाडौं । कृषि उत्पादनको सूचकाङ्कमा वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूचकाङ्क अनुसार, आर्थिक वर्ष (आव) २०८२÷८३ को पहिलो त्रैमासिकमा समग्र कृषि उत्पादन मूल्य सूचकाङ्क १९३.७२ पुगेको छ । जुन अघिल्लो आवको तुलनामा २.५ प्रतिशतले वृद्धि भएको हो ।
विशेषगरी अण्डाको मूल्य सूचकाङ्कमा सबैभन्दा उच्च वार्षिक वृद्धि दर ९.५ प्रतिशत देखिएको छ । यसबाहेक, वर्षे मकैको मूल्यसूचकाङ्क ३.८ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, माछाको ३.६ प्रतिशत र अन्नबालीको ३.१ प्रतिशतले वृद्धि भएको छ ।
धान र दूधको मूल्य क्रमशः २.४ प्रतिशतको वृद्धि दरसहित स्थिर रहेको छ । तर मसला बालीको मूल्य वृद्धिदर ०.८ प्रतिशत मात्र रहेको छ, जसले यस क्षेत्रमा केही स्थिरता देखाउँछ ।
फलफूल बाली र तरकारी बालीमा क्रमशः ०.८ र ०.२ प्रतिशतको मामुली वृद्धि भएको छ । पशु र पंक्षीको मूल्य क्रमशः १.१ र ०.७ प्रतिशतले बढेको छ । कार्यालयका अनुसार, यस सूचकाङ्कले नेपालमा कृषि उत्पादनको मूल्य वृद्धिको दिशा र कृषि बजारको प्रवृत्ति बुझ्न सहयोग पु¥याउनेछ ।











प्रतिक्रिया