Logo

Breaking News 1

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको समय परिवर्तन गरिएको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन गरि दिउँसो १ बजेको लागि सारिएको हो ।

पार्टीका मुख्य सचिव पौडेलले बैठकको समय परिवर्तनबारे औपचारिक जानकारी दिएका हुन् ।

बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १० : १६ बजे