काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २९ सय रुपैयाँ बढेको छ ।
अघिल्लो दिन दुई लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ६२ हजार ५०० रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदी तोलामा ११० रुपैयाँले बढेको छ । अघिल्लो दिन चार हजार ४१५ प्रतितोला रहेको चाँदीको मूल्य चार हजार ५२५ पुगेको महासंघले जनाएको छ ।










प्रतिक्रिया