Logo

Breaking News 1

अंग्रेजी नयाँ वर्ष : काठमाडौंका भित्रि बजारमा व्यापार न्यून, चहलपहल उच्च



काठमाडौं । काठमाडौंका प्रमुख बजार क्षेत्रहरूमा अंग्रेजी नयाँ वर्षको अवसरमा सामान्य चहलपहल देखिएको छ । स्थानीय व्यापारीहरूका अनुसार अघिल्ला दिनको तुलनामा आज केही भीडभाड बढेपनि अवस्था असाधारण भने छैन् । इन्द्रचोक, असन, न्यूरोड, ठमेललगायतका क्षेत्रमा व्यापारिक गतिविधि सामान्य छ ।

नयाँ वर्षको अवसरमा मानिसहरू घुमफिर र मनोरञ्जनमा व्यस्त हुने गरेकाले किनमेलमा मानिसहरुको भीड खासै देखिँदैन् । इन्द्रचोकका व्यवसायी मनोज चौधरीका अनुसार अंग्रेजी नयाँ वर्ष नेपालीहरूको मौलिक पर्व नभएपनि नेपालीहरूले यसलाई रमाइलोका रूपमा मनाउने गरेका छन् ।

उनका अनुसार दिन ढल्दै जाँदा अझै भीडभाड बढ्ने सम्भावना छ । ठाउँ–ठाउँमा मानिसहरू फोटो खिच्दै, भेटघाट गर्दै नयाँ वर्षलाई उत्साहका साथ स्वागत गरिरहेको दृश्य देख्न सकिन्छ ।

जुत्तापसलमा काम गर्दै आएका सुरज तामाङले अव नेपाली नयाँ बर्ष जति पनि चहल पहल देखिन्छ अंग्रजी बर्षमा त्यति चहलपहल नहुने बताए । उनले हिजो अस्ति भन्दा अलिकति मानिसहरुको हिडडुल तथा फोटो भिडियो खिच्नेहरुको संख्या बढेको छ ।

त्यस्तै साडीको व्यापार गर्दै आएका नारायन हुमागाईंले अंग्रजी नयाँ वर्षमा व्यापारमा फरक नपरेको बताए । उनले भने,‘व्यापारको दृष्टिले भने बजारमा अपेक्षित चहलपहल देखिएको छैन । नयाँ वर्षमा किनमेलभन्दा बढी घुमफिर र पारिवारिक भेटघाटमा मानिसहरूको ध्यान केन्द्रित हुने गरेको उनले बताए ।

विदेशी पर्यटकहरू पनि किनमेलभन्दा होटल, खानपिन र घुमफिरमै व्यस्त देखिएका छन् । समग्रमा अंग्रेजी नयाँ वर्ष काठमाडौंमा सामान्य चहलपहल र सीमित व्यापारका बीच रमाइलो वातावरणमा मनाइँदै गएको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ११ : ५७ बजे