Logo

Breaking News 1

मधेस प्रदेशको सभामुख पदमा नेकपा एमालेका त्रिलोकी प्रसादको उम्मेदवारी



जनकपुर । मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि नेकपा एमालेका त्रिलोकी प्रसादले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

उनको प्रस्तावमा शारदा देवी थापा रहेकी छन् भने समर्थकमा जयचन्द्र प्रसाद पटेल रहेका छन् । यसअघि जसपाका राम अशिष यादवले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

सभामुख पदका लागि जम्मा दुई जनाको उम्मेदवारी परेको छ । भोलि १ बजे बस्ने मधेस प्रदेश सभाको बैठकमा सभामुख पदको लागि निर्वाचन पनि हुनेछ ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ३ : २७ बजे