काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सङ्घीय नेतृत्व मञ्चमा १७ जना सदस्य मनोनित गरेको छ।
पार्टी सचिवालयको आज बिहान बसेको आकस्मिक बैठकले सदस्य मनोनयनको निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
मनोनित सदस्यमा समीक्षा बाँस्कोटा, समुद्र केसी, प्रकाशचन्द्र परियार, सुदन श्रेष्ठ, बिमला अधिकारी, आशुतोष प्रधान, रन्जु दर्शना, धनेज थापा, अजित खड्का, पवित्रा थापा, बिमल तामाङ, दामोदर नेपाल, नवराज थापा, सुरज प्रधान, रुस्तम अन्सारी, डा. सुशील शाह र शीतल भुसाल रहेका छन्।










प्रतिक्रिया