Logo

मुख्य समाचार

एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६–२८ मा



काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र २८ गते बस्ने भएको छ। शुक्रबार बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले उक्त मितिमा दोस्रो बैठक गर्ने प्रस्ताव पारित गरेको हो।

केन्द्रीय कमिटी सदस्य विष्णु रिजालका अनुसार दोस्रो बैठकमा मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायत महत्वपूर्ण विषयमा निर्णय गरिनेछ।

एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा जारी छ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ४ : २६ बजे