Logo

राजनीति

एमाले लोकतान्त्रिक र अनुशासित कम्युनिस्ट पार्टी हो : ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले लोकतान्त्रिक अभ्यासमा आधारित साँचो कम्युनिस्ट पार्टी भएको बताएका छन् ।

शुक्रबार ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई कडा अनुशासनमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले पार्टीभित्र विचार, अध्ययन र अभिव्यक्तिको स्वतन्त्रता भए पनि सामूहिक रूपमा तय गरिएका नीति तथा निर्णयविपरीत व्यक्तिगत रूपमा अघि बढ्न नहुने स्पष्ट पारे ।

अध्यक्ष ओलीले व्यक्तिगत स्वार्थलाई सामूहिक हित र राष्ट्रिय स्वार्थभन्दा माथि राख्न नहुने बताए । साथै, बैठकको मर्यादा पालना गर्न आग्रह गर्दै बैठकका क्रममा मोबाइल फोन प्रयोग नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ४ : १२ बजे