काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट निर्वाचित १९ सदस्यीय पदाधिकारीमा एक जना महिला मात्रै निर्वाचित भएकी छन् । सचिव पदमा पद्मा अर्याल निर्वाचित भएकी हुन् ।
बिहीबार सार्वजनिक मत परिणामअनुसार अर्यालले १,५३० मत प्राप्त गरिन् । उनी १०औँ महाधिवेशनबाट पनि सचिव पदमा निर्वाचित भएकी थिइन् ।
यस महाधिवेशनमा पदाधिकारी तहमा तीन महिलाले उम्मेदवारी दिएका थिए । उपमहासचिव पदकी उम्मेदवार डा. विन्दा पाण्डे र सचिव पदकी उम्मेदवार पेम्बा लामा पराजित भए ।
यसअघि १०औँ महाधिवेशनबाट दुई महिला पदाधिकारी निर्वाचित भएका थिए । ०७८ सालको महाधिवेशनबाट उपाध्यक्ष बनेकी अष्टलक्ष्मी शाक्य यसपटक उम्मेदवार बनेकी थिइनन् ।










प्रतिक्रिया