Logo

राजनीति

नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी



काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु राज घिमिरेले अबको नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने दाबी गरेका छन् ।
बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिमिरेले नेपाली कांग्रेसले आगामि दिनमा देशको प्रधानमन्त्रीको जिम्मेवारी मधेश प्रदेशबाटै नेतृत्व गर्नेमध्येकालाई दिने निर्णय गरेको जानकारी गराएका छन् ।
बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै घिमिरेले नेपाली कांग्रेस नेतृत्वमा आउने बित्तिकै प्रधानमन्त्रीको जिम्मेवारी मधेश प्रदेशलाई दिने संकल्प गरेको घोषणा गरेका छन् ।
उनले देशको प्रथम राष्ट्रपति पनि नेपाली कांग्रेलेनै दिएको र अब देशको प्रधानमन्त्रीको जिम्मेवारी पनि मधेश प्रदेशबाटै हुने प्रतिबद्धता जाहेर गरे । उनले संघीयतको श्रेय मधेश प्रदेशलाई दिँदै मधेशलाई राष्ट्रिय राजनीतिको मुल प्रभावमा समेट्नका निम्ति मधेशलाईनै देशको नेतृत्व दिनुपर्ने कांग्रेसको धारणा रहेको बताए ।
उनले एमाले लगायतका पार्टीहरुले मधेशको नाममा राजनीति मात्र गरेको बताए । तराई मधेशको विकास र समस्याका विषयमा नेपाली कांग्रेस बाहेक अरु कसैले नसोचेको घिमिरेले बताए ।
त्यस्तै महाधिवेशनका विषयमा निर्धारित समयमै महाधिवेशन हुने नेता घिमिरेले जानकारी दिए । उनले ३६ वर्षको शासनमा नेपाली कांग्रेसबाट पनि गल्ति भएको स्विकार गरे । उनले पार्टीबाट भएका कमकमजोरी र गल्तिहरुकै कारणले पनि जेनजी आन्दोलन निम्तिएको स्विकार गर्दै यसलाई समिक्षा गरी पार्टीले सुधार गर्ने निति ल्याएको जानकारी दिए ।
उनले अहिलेको पुस्ताको माग अनुसार पार्टीको विधानमा परिवर्तन, पार्टीको नेतृत्वमा परिवर्तन र पार्टीको नीतिमा पुर्नवालोकनको आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  २ : २२ बजे