Logo

राजनीति

एमाले ११औँ महाधिवेशन : अन्तिम मत परिणाम सार्वजनिक



काठमाडौं। नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत भएको नेतृत्व चयनको मतगणना सम्पन्न भएको छ। बिहीबार बिहान करिब पौने १० बजेबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको मतगणना दिउँसो सकिएको हो।

अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। उनले १,६६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका छन्।

पदाधिकारीतर्फको अन्तिम मत परिणाम

अध्यक्ष (१)

केपी शर्मा ओली : १,६६३

ईश्वर पोखरेल : ५६४

उपाध्यक्ष (५)

पृथ्वीसुब्बा गुरुङ : १,७३७

विष्णुप्रसाद पौडेल : १,६७५

रामबहादुर थापा ‘बादल’ : १,५१६

गोकर्णराज विष्ट : १,३६८

रघुजी पन्त : १,२५८

(अन्य उम्मेदवार)

गुरुप्रसाद बराल : १,१३७

बिन्दा पाण्डे : ९२१

परशुराम मेघी गुरुङ : ४६१

अरुण नेपाल : ४३९

टंकप्रसाद कार्की : ३५८

भीमप्रसाद आचार्य : २६५

महासचिव (१)

शंकर पोखरेल : १,२२८

सुरेन्द्रप्रसाद पाण्डे : ९९९

उपमहासचिव (३)

लेखराज भट्ट : १,४५२

रघुवीर महासेठ : १,३६८

योगेश भट्टराई : १,३४८

(अन्य उम्मेदवार)

विष्णुप्रसाद रिमाल : १,०९१

आनन्दप्रसाद पोखरेल : ६३५

वैजनाथ चौधरी : ५१७

राजेन्द्रप्रसाद गौतम : २७०

सचिव (९)

महेश बस्नेत : १,५४४

पद्माकुमारी अर्याल : १,५३०

छविलाल विश्वकर्मा : १,५०६

शेरधन राई : १,५०३

हिक्मतकुमार कार्की : १,३३७

खगराज अधिकारी : १,२३१

यामलाल कँडेल : १,१८५

राजन भट्टराई : १,१८१

भानुभक्त ढकाल : १,१०८

एमाले निर्वाचन आयोगका अनुसार सबै पदको मतगणना सम्पन्न भएसँगै महाधिवेशनबाट नयाँ नेतृत्व औपचारिक रूपमा चयन भएको छ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १ : ३० बजे