काठमाडौं। नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। बिहीबार बिहान करिब पौने १० बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा मतगणना सुरु भएको हो।
हालसम्म १६ वटा विद्युतीय मतदान मेसिनको मतगणना सम्पन्न हुँदा कुल ४४३ मत गणना भएका छन्। प्रारम्भिक नतिजाअनुसार अध्यक्ष पदमा उम्मेदवार केपी शर्मा ओलीले ३३३ मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम गरेका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ११० मत पाएका छन्।
पदाधिकारीतर्फको हालसम्मको मत परिणाम यसप्रकार छः
अध्यक्ष
- केपी शर्मा ओली : ३३३
- ईश्वर पोखरेल : ११०
उपाध्यक्ष
- अरुण नेपाल : ८९
- गुरु प्रसाद बराल : २४२
- गोकर्ण राज विष्ट : २५६
- टंक प्रसाद कार्की : ७५
- पर्शुराम मेघी गुरुङ : ८६
- पृथ्वी सुब्बा गुरुङ : ३५६
- भीमप्रसाद आचार्य : ५१
- रघुजी पन्त : २५३
- रामबहादुर थापा ‘बादल’ : ३०९
- विन्दा पाण्डे : १६९
- विष्णुप्रसाद पौडेल : ३४९
महासचिव
- शंकर पोखरेल : २४९
- सुरेन्द्र प्रसाद पाण्डे : १९४
उपमहासचिव
- आनन्दप्रसाद पोख्रेल : १३३
- योगेश भट्टराई : २६४
- रघुवीर महासेठ : २६७
- राजेन्द्रप्रसाद गौतम : ५५ (उमेदवारी फिर्ता)
- लेखराज भट्ट : २९३
- विष्णुप्रसाद रिमाल : २२०
- वैजनाथ चौधरी : ५७
सचिव
- अग्निप्रसाद खरेल : १४९
- इन्द्रलाल सापकोटा : ७४
- कर्णबहादुर थापा : १६६
- कृष्णगोपाल श्रेष्ठ : ११४
- खगराज अधिकारी : २७९
- गोकुलप्रसाद बास्कोटा : १९२
- छविलाल विश्वकर्मा : ३११
- ठाकुरप्रसाद गैरे : १७५
- पद्मा कुमारी अर्याल : ३०५
- पुषोत्तम पौडेल : ८६
- पेम्बा लामा : ८५
- भानुभक्त ढकाल : २२५
- महेश बस्नेत : ३११
- यमलाल कँडेल : २६९
- रचना खड्का : १६९
- राजन भट्टराई : २३६
- लालबाबु पण्डित : ७३
- विनोदप्रसाद ढकाल : १४८
- शेरधन राई : ३००
- हिक्मतकुमार कार्की : २७४
मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।










प्रतिक्रिया