Logo

Breaking News 1

कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भू-भागमा आंशिक बदली रहने



काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । तर पनि देशका केही भूभागमा आज आंशिक बदली हुने छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।  

विभागले राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।  

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ६ : १२ बजे