Logo

राजनीति

एमाले महाधिवेशनको निर्वाचन प्रक्रिया स्थगित



काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि तय गरिएको निर्वाचन प्रक्रिया बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। प्राविधिक तयारी पूरा नभएकाले मंगलबार साँझ ७ बजेदेखि सुरु हुने भनिएको मतदान कार्यक्रम रोकिएको एमालेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार प्रतिनिधिहरूलाई बुधबार बिहान भृकुटीमण्डपमा उपस्थित हुन अनुरोध गरिएको छ। मतदान विद्युतीय भोटिङ मेसिनमार्फत गरिनेछ, जसका लागि रामलक्ष्मण भोटिङ मेसिन प्रयोग हुनेछ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुनेछ। महाधिवेशनमा १९ पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार चुनावी मैदानमा छन्। सबै पदमा गरी ३०० भन्दा बढी उम्मेदवार रहेका छन्।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ८ : ३५ बजे