काठमाडौं । नेकपा (एमाले) को निर्वाचन आयोगले ११औँ महाधिवेशनअन्तर्गत विभिन्न पदका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली पुनः प्रकाशित गरेको छ।
आयोगका अनुसार यसअघि सार्वजनिक गरिएको नामावलीमा देखिएका प्राविधिक त्रुटि सच्याएर अन्तिम सूची पुनः जारी गरिएको हो। आयोगका सचिव कुशाङ लामाद्वारा हस्ताक्षरित सूचनामा उम्मेदवारहरूको नामावलीमा रहेका त्रुटि सुधार गरी अद्यावधिक सूची सार्वजनिक गरिएको उल्लेख छ।
पुनः प्रकाशित अन्तिम नामावलीअनुसार महाधिवेशनको निर्वाचन प्रक्रिया तय तालिकाअनुसार अघि बढ्ने आयोगले जनाएको छ।











प्रतिक्रिया