काठमाडौं। सोमबार राति चन्द्रागिरि नगरपालिका–१२ सतुंगलमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
प्रदेश ३–०२–००६ प ९५३२ र बा–प्र ०२–०६१ प ३८३५ नम्बरका मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा चन्द्रागिरि नगरपालिका–१० का २५ वर्षीय आयुष महर्जन गम्भीर घाइते भएका थिए। उनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका बा–प्र ०२–०६१ प ३८३५ नम्बरका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।










प्रतिक्रिया