Logo

समाचार

ई–सेवाले सार्वजनिक गर्‍यो ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजना



काठमाडौं। डिजिटल भुक्तानी सेवा प्रदायक ई–सेवाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गर्दै ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ जीवन बिमा योजना सार्वजनिक गरेको छ।

यो योजना अप्रत्याशित जोखिम, मृत्यु वा अन्य अनपेक्षित घटनाबाट परिवारमा पर्ने आर्थिक भार कम गर्ने उद्देश्य राखेर ल्याइएको हो।

ई–सेवाका ओमकार पाण्डेका अनुसार, “सुपर टर्म लाइफ इन्स्योरेन्सले संकटको समयमा परिवारलाई आर्थिक टेवा प्रदान गर्नेछ। सुलभ प्रिमियममा उपलब्ध यो योजना सबैका लागि जीवन बिमा पहुँचयोग्य बनाउनेछ।”

योजना पूर्ण रूपमा डिजिटल र छरितो प्रक्रिया सहितको रहेको बताइएको छ। यसले देशभरका नागरिकलाई बिमाको पहुँचमा ल्याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

यस योजना अन्तर्गत प्रिमियम वार्षिक ७२५ रुपैयाँबाट सुरु हुनेछ। बिमितले पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको जीवन बिमा सुरक्षा पाउनेछन्। योजना एकवर्षे टर्म लाइफ इन्स्योरेन्स हो र १८–६० वर्षसम्मका नागरिकले यसबाट लाभ लिन सक्नेछन्।

कम्पनीले भनेको छ कि योजना स्वाभाविक मृत्यु वा दुर्घटनामा मृत्यु दुवै अवस्थाका लागि बिमा सुरक्षा प्रदान गर्नेछ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १ : ३३ बजे