काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई आफ्नो साधारण सदस्यबाट निलम्बन गरेको छ। संस्थाले उनकाे नाम आफ्नै वेबसाइटबाट रेकर्डबाट हटाएको छ।
संस्थाका अनुसार, भण्डारी विवादमा तानिएको र सर्वोच्च अदालतमा मुद्दा रहेकोले उनलाई सदस्यता निलम्बन गर्नुपर्ने निर्णय गरिएको हो। ट्रान्सपरेन्सी इन्टरनेसनलका सीईओ आशिष थापाले भने, “अहिलेसम्म पदमा रहँदै विवादमा तानिएपछि सदस्यता निलम्बन गरिएको हो।”
महान्यायाधिवक्ता भण्डारीले पदमा रहँदासम्म सदस्यता स्थगनको लागि निवेदन पनि दिएकी थिइन्। तर विवाद उत्पन्न भएपछि संस्थाले राजीनामा दिन आग्रह गरेको थियो।










प्रतिक्रिया