काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नामले नेताहरुले बिचौलियाहरुलाई टाउकोमा राख्दा नागरिकहरुले दुःख पाएको बताएका छन् ।
शुक्रबार पदभार ग्रहण गर्दै उनले नेताहरुले कमीशन खानको लागि बिचौलियाहरुलाई टाउको वा गोजिमा राखेर हिड्ने गरेकाले नागरिकहरुले दुःख पाएको बताए ।
उनले भने, ‘नेपाल पहिलादेखि नै कृषिकर्म गर्दै आएको देश हो । कृषि सहजताका साथ गर्न सक्ने अवस्थामा पनि छौं । तर यसको उपयोग हुन सकेन । यसमा केही दोषहरु छन् । उत्पादन भएको सामानलाई बजारीकरण गर्न सकेनौ । दोस्रो कुरा हामीले बिचौलियाहरुलाई धेरै प्राथमिकता दियौं, नेताहरु पनि आफै लागे बिचौलियाहरुलाई टाउकोमा राख्न, गोजिमा राखेर हिडे । कमीशन खानको लागि नेताहरुले बाटो विराए । यसले गर्दा नागरिकहरुले दुःख पाएका हुन् ।’
यस्तै, उनले कुनै नेतामाथि व्यक्तिगत रुपमा आरोप नलगाएको भन्दै नेताको काम नेतृत्व दिने, जनताको हितको लागि काम गर्ने भएपनि त्यस्तो केही पनि नभएको बताए ।
उनले भने, ‘अर्को कुरा देशमा रोजगारीको राम्रो अवसर नभएको हुनाले युवाहरु विदेश गएको र त्यसकारणले पनि जमिनहरु बाझो हुदैँ गएको छ । यसमा सबै दोष नेताको छ । मैले कुनै नेतामाथि व्यक्तिगत रुपमा आरोप लगाएको होइन् । नेताको काम नेतृत्व दिने हो जनताको हित कसरी हुन्छ भनेर सोच्ने हो । तर यस्तो कामहरु केही पनि गरेको देखिएन् ।’
२६ मंसिर २०८२, शुक्रबार
115
Shares








प्रतिक्रिया