Logo

मुख्य समाचार

पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु


२६ मंसिर २०८२, शुक्रबार  

23
Shares

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा राजेन्द्रसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका मन्त्री भण्डारीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले मन्त्रालय पुगेर पदवहाली गरेका हुन् ।

पदभार ग्रहणपछि उनले जेनजी आन्दोलनमा सहभागी संगठित गिरोहहरुलाई कठोर कारवाही गर्नुपर्ने बताए । आफूसँग सुरक्षा क्षेत्रको अनुभव भएका कारणले पनि गिरोहको जालो तोड्न सकिने उनको विश्वास छ ।

त्यस्तै भाषण गर्ने भन्दापनि एक्सनमा उत्रिने उनी बताउँछन् । उनले भने,‘जतिपनि संगठित गिरोहहरु छन् । तिनीहरुलाई कठोर कारवाही गर्नुपर्छ । यो जालो तोड्नैपर्छ । त्यसमा मेरो अनुभवले काम गर्छ भन्नेमा विश्वास छ । लामो भाषण गरेर भन्दापनि एक्सनमा काम गरेर जनतालाई सुशासनको अनुभूति गराउनुपर्ने छ ।’

उनले आन्दोलनमा जेनजीहरुको पीडा जस्तै प्रहरीहरुको पनि भएको कारण सुरक्षा क्षेत्रको आवाजलाई मन्त्रालयमा लैजान आफू चुनिएको बताए । ‘आन्दोलनमा जुन खालको जेनजीहरुको पीडा छ, उत्तिकै प्रहरीहरुको पनि छ । दुईवटै क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ । त्यसैले सुरक्षा क्षेत्रको आवाजलाई पनि मन्त्रालयमा कसरी लैजान सकिन्छ भनेर भनेर मलाई छनोट गरिएको हुनसक्छ ।’

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ५ : २७ बजे