Logo

समाचार

केएसएलका पूर्व प्रिन्सिपल कुमार इङनाम भूमि मन्त्रीमा सिफारिस


२६ मंसिर २०८२, शुक्रबार  

184
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा प्रा. डा. कुमार इङनामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा सिफारिस गरिएको छ। अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले कार्यकाल ८३ दिन बाँकी रहँदा शुक्रबार (मंसिर २६) इङनामसहित चार जनालाई मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेकी हुन्।

इङनाम गत साउनमा उमेरका कारण काठमाडौं स्कुल अफ ल (केएसएल) का प्रिन्सिपल पदबाट अवकाश भएका थिए। प्रिन्सिपल पदबाट हटे पनि उनले प्राध्यापन कार्य जारी राखेका छन्।

तेह्रथुमको इवामा जन्मिएका इङनाम झापा हुँदै काठमाडौंमा बसोबास गर्दै आएका छन्। उनी लामो समयदेखि कानुन शिक्षण र वकालत दुवै क्षेत्रमा सक्रिय छन्।

मन्त्री सिफारिस भएपछि उनले वर्तमान राजनीतिक अस्थिरता अन्त्य गर्न निर्वाचन नै उपयुक्त विकल्प भएको बताएका छन्। उनका अनुसार चुनावबाट प्राप्त जनादेशअनुसार जिम्मेवारी दिने प्रक्रियाले देशलाई स्थिरतामार्गमा अघि बढाउन मद्दत गर्नेछ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १ : २४ बजे