काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा काठमाण्डू गोर्खाजको शीर्षक्रम लुम्बिनी लायन्सविरुद्ध सुरुको पावर प्लेमै धराशायी बनेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बुधबार टस जितेर ब्याटिङ सुरु गरेको काठमाण्डूले ६ ओभरमा चार विकेट गुमाउँदै २९ रनमात्र जोड्यो।
काठमाण्डूका भीम सार्की आठ र जोन सिम्पसन पाँच रनमा क्रिजमा छन्। लुम्बिनीका स्पिनर शेर मल्ल र फास्ट बलर रुबेन ट्रम्पेलमनले समान दुई–दुई विकेट लिए। शेरले तीन ओभरमा आठ रन खर्चिए भने ट्रम्पेलमनले दुई ओभरमा दुई रनमात्र दिए।
दुवै टिम यसअघि एनपीएलको पहिलो संस्करणमा प्लेअफसम्म पुगेका थिएनन्। दोस्रो संस्करणमा काठमाण्डू सात खेलबाट १० अंकसहित तेस्रो र लुम्बिनी आठ अंकसहित चौथो स्थानमा रहँदै इलिमिनेटरमा भिडिरहेका छन्। लुम्बिनीले लिग चरणमा काठमाण्डूसँग व्यहोरेको २२ रनको हारको बदला लिन लक्ष्यसहित मैदान उत्रिएको छ।










प्रतिक्रिया