काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिन कानुनी वा प्रथागत रूपमा कुनै रोकावट नभएको बताएका छन्। बुधबार काठमाडौंमा पत्रकारहरूसँगको अन्तर्क्रियामा बोल्दै उनले संविधान, पार्टीको विधान तथा अन्तर्राष्ट्रिय प्रचलनले पनि पूर्वराष्ट्रपतिलाई पार्टी सदस्यता लिन नरोकेको स्पष्ट गरे।
पोखरेलका अनुसार व्यक्तिको इच्छा रहँदा पार्टी सदस्यता नदिनु अनुचित हुन्छ। उनले भण्डारीको सदस्यता विषयलाई अनावश्यक रूपमा ठूलो एजेन्डा बनाइएको टिप्पणी गरे। पोखरेलले भने, “संविधानले रोक्दैन, विधानले रोक्दैन, अन्तर्राष्ट्रिय अभ्यासले रोक्दैन र व्यक्तिको चाहना छ भने सदस्यता किन नदिनु ? दिनैपर्छ।”
कार्यक्रममा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे आफूले निरन्तर प्रश्न उठाउँदै आएको पनि बताए। उनका अनुसार पार्टीभित्र विचारधारा जबजमा मतभिन्नता नभए पनि कार्यशैलीका विषयमा भने व्यापक असन्तुष्टि रहेको छ।










प्रतिक्रिया