Logo

अर्थ

नेप्से ७.८६ अंकले घट्दै २६०६.२० बिन्दुमा बन्द



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक बुधबार ७.८६ अंकले घटेर २६०६.२० बिन्दुमा झरेको छ । मंसिर २४ मा भएका ३२९ कम्पनीको सेयर कारोबारमध्ये ७९ कम्पनीको मूल्य बढ्दा १६९ कम्पनीको मूल्य घटेको एक्सचेन्जले जनाएको छ । नौ कम्पनीको मूल्य स्थिर रह्यो ।

यस दिन तीन अर्ब ७३ करोड ८७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो, जुन अघिल्लो दिनको तुलनामा एक करोड ६२ लाख ५५ हजार रुपैयाँ कम हो ।

स्वस्तिक लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो भने बुधबारदेखि कारोबार सुरु गरेको एसवाई प्यानलको मूल्य ९.९७ प्रतिशतले बढ्यो । झापा इनर्जीका लगानीकर्ताले भने सबभन्दा ठूलो घाटा बेहेरे, कम्पनीको मूल्य ९.३० प्रतिशतले अर्थात् १२८ रुपैयाँले घट्यो ।

कारोबारका आधारमा श्रीनगर एग्रिटेक अग्रस्थानमा रह्यो, जसको २६ करोड ३९ लाख ४२ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ३ : ४६ बजे