काठमाडौं। प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाललाई बहुविवाहसम्बन्धी मुद्दामा रुपन्देही प्रहरीले पक्राउ गरेको छ। पूर्वी नवलपरासी प्रहरी कार्यालयमा कार्यरत नेपाललाई उनकी पूर्वपत्नीले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्र भट्टले पुष्टि गरेका छन्।
नेपाललाई थुनामा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। नेपालका दुई विवाहबाट तीन छोरी रहेका छन्। पक्राउ परेपछि उनलाई निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको छ।










प्रतिक्रिया