Logo

मुख्य समाचार

भन्सार एजेन्टको आन्दोलनले वीरगन्जमा जाँचपास अवरुद्ध



वीरगन्ज । नयाँ भन्सार ऐनका प्रावधानविरुद्ध भन्सार एजेन्टले थालेको आन्दोलनका कारण वीरगन्ज भन्सारमा जाँचपास प्रक्रिया मंगलबार अवरुद्ध भयो। मंसिर २० गतेदेखि लागू भएको भन्सारसम्बन्धी कानुन संशोधन तथा एकीकरण ऐन, २०८२ प्रति आपत्ति जनाउँदै एजेन्टहरू आन्दोलित बनेका हुन्।

आन्दोलनका कारण पेट्रोलियम पदार्थ बाहेक सबै वस्तुको जाँचपास रोकिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। उद्योग वाणिज्य संघ वीरगन्जका अध्यक्ष हरिप्रसाद गौतमले ऐनका प्रावधानले उत्पन्न समस्या तत्काल समाधान गर्न सरकारलाई आग्रह गरे।

भन्सार प्रमुख विष्णुप्रसाद ज्ञवालीले समस्या समाधानका लागि छलफल भइरहेको बताउँदै आजदेखि जाँचपास प्रक्रिया सुचारु हुने आशा व्यक्त गरे।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ११ : ३२ बजे