Logo

अर्थ

सुनचाँदीको मूल्य उक्लियो



काठमाडौं । नेपाली बजारमा बुधबार (मंसिर २४) सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई सय रुपैयाँले बढेर दुई लाख ५२ हजार एक सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य दुई लाख ५१ हजार ९ सय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि तोलामा डेढ सय रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ। मंगलबार तीन हजार ६ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तीन हजार सात सय ५० रुपैयाँमा पुगेको छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ११ : २१ बजे