Logo

खेलकुद

कर्णालीविरुद्ध जनकपुरको कमजोर सुरुआत, पावर प्लेमा २ विकेट गुमाउँदै २६ रन



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णाली याक्सले दिएको १३० रनको लक्ष्य पछ्याइरहेको साविक विजेता जनकपुर बोल्ट्सले पावर प्लेमा कमजोर सुरुआत गरेको छ ।

पहिलो ६ ओभरमा जनकपुरले दुई विकेट गुमाउँदै २६ रन मात्र जोडेको छ । ओपनरहरू आशिफ शेख र अनिल साह शून्यमा आउट भए । हाल क्रिजमा माज सदाकते ११ रन र मयन यादव ९ रनमा अविजित छन् ।

कर्णालीका मार्क वाट र पवन सर्राफले एक–एक विकेट लिएका छन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा १२९ रन बनाएको थियो ।

अंक तालिकाको पुछारमा रहेको जनकपुरले यस सिजन ६ खेलमध्ये एकमा मात्र जित निकाल्न सकेको छ । सातौं स्थानमा रहेको कर्णालीले पनि ६ खेलबाट दुई अंकमात्र जोडेको छ । गत सिजन प्लेअफमा पुगेको कर्णालीको यो दोस्रो खेल लुम्बिनी लायन्सविरुद्धको जित मात्र हो ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ६ : ०८ बजे