काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत साविक विजेता जनकपुर बोल्ट्सले दिइएको १३३ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सले मध्यम सुरुआत गरेको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भइरहेको खेलमा लुम्बिनीले पहिलो ६ ओभर (पावर प्ले) समाप्त हुँदा १ विकेट गुमाएर ४६ रन जोडेको छ। हाल कप्तान रोहितकुमार पौडेल २१ रन र डी’एर्सी शर्ट १८ रनमा क्रिजमा छन्।
लुम्बिनीले इनिङको पहिलो बलमै सुमित महर्जनलाई गुमाएको थियो। उनलाई जनकपुरका स्पिनर संगिथ कोरले बोल्ड गरेका हुन्।
यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रनको योगफल बनाएको थियो।
आजको खेल जिते लुम्बिनी प्रतियोगिताको प्लेअफमा पुग्ने चौथो टोली बन्नेछ। यता, प्लेअफ पुग्ने झिनो सम्भावना कायम राख्न जनकपुर पनि जित्नै पर्ने दबाबमा छ।










प्रतिक्रिया