काठमाडौं। मधेश प्रदेशको मुख्यमन्त्री पदका लागि सात दलले सहमति जुटाउन सकेका छैनन्। एमालेका सरोज कुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्री दाबी पेश गर्न दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदै छ।
प्रदेशसभामा बहुमत बनाउने क्षमता भएका सदस्यलाई दाबी पेश गर्न आह्वान गरिएको थियो। तर नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले आफ्नो दाबी पेश गरेपछि सहमति जुटाउन सकिएको छैन।
लोसपाका प्रदेशसभा सदस्य जयनुल राइनले भने, “३ बजेसम्म केही सहमति बन्ला, हामी छलफलमै छौँ।”
सात दलभित्र सहमति जुट्न नसके वा दाबी ढिलाइ भए, प्रदेशसभाको ठूलो दलको हैसियतमा फेरि एमालेलाई मुख्यमन्त्री नियुक्तिको बाटो खुल्ने सम्भावना छ।










प्रतिक्रिया