Logo

अर्थ

सुन–चाँदीको मूल्य घट्यो, छापावाल सुन प्रतितोला २,५२,४०० रुपैयाँमा कारोबार


१९ मंसिर २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन ९०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घट्दै शुक्रबार प्रतितोला तीन हजार ५५५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव र माग–आपूर्तिको अवस्थाका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ११ : २७ बजे