Logo

राजनीति

अबको अध्यक्ष केपी ओली नै हो : उपमहासचिव रिमाल



काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने बताएका छन् ।

बिहीबार प्रेस चौतारी नेपालद्वारा आयोजित संवाद कार्यक्रममा उनले ११ औं महाधिवेशनबाट केपी शर्मा ओली नै अध्यक्ष बन्ने दावी गर्दै स्वच्छ प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने बताए ।

ओलीको नेतृत्वमा नभई काम गर्ने तरिकामा असन्तुष्टि आएको भन्दै विपक्षमा उभिनु उचित नहुने उनको भनाई छ ।

उनले भने,‘दुई धारको विषयमा चुनाव लडेपनि धार एउटै हुन्छ । किनकी विचार नै फरक छैन् । पार्टीभित्र नीतिको प्रश्नमा कुनै विवाद छैन । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर हिँडेका छौँ । महाधिवेशनमा केपी ओली नै अध्यक्ष बन्नुहुन्छ  । अहिले ओलीको विपक्षमा उभिनुपर्ने कारण म देख्दिन् । विभिन्न नेताले पदमा उठ्न इच्छा व्यक्त गर्नुभएको छ त्यो पाइन्छ । नेता, नेतृत्व र नीतिमा हाम्रो समस्या होइन् । काम गर्ने तरिकामा समस्या हो भन्ने कुरा आउँछ त्यो त उचित होइन् ।’

त्यस्तै उनले अहिले ११ औं महाधिवेशनको संघारमा आइपुग्दापनि एमालेले बाह्य संकटहरु झेलिरहेको बताए ।

अरु पार्टीमा जस्तो लोकप्रिय भन्दापनि कम्युनिष्ट पार्टीमा नेतृत्व गर्न सक्छ भन्ने विषय एमालेमा स्थापित गर्न खोजिरहेको उनले बताए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ५ : ०९ बजे