Logo

खेलकुद

काठमाण्डूविरुद्ध पोखराको मध्यम सुरुआत, पहिलो ६ ओभरमा दुई विकेटसहित ३७ रन



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा पोखरा एभेन्जर्सले काठमाण्डू गोर्खाजविरुद्ध Run Chase गर्दा मध्यम सुरुआत गरेको छ ।

काठमाण्डूले दिएको १६६ रनको लक्ष्य पछ्याइरहेको पोखराले पहिलो ६ ओभरको खेल समाप्त हुँदा दुई विकेट गुमाएर ३७ रन जोडेको हो । पोखराका कप्तान कुशल भुर्तेल ६ रन र त्रितराज दास ९ रनमा अविजित छन् ।

काठमाण्डूका बलर सन्नी पटेल र साहब आलमले एक–एक विकेट लिएका छन् ।

यसअघि टस हारेर ब्याटिङमा आएको काठमाण्डू गोर्खाजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६५ रन बनाएको थियो, जसका आधारमा पोखरालाई जितका लागि १६६ रनको चुनौती प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  २ : ३९ बजे