काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ सेवा ग्लोबल स्मार्ट प्लस मार्फत कारोबार गर्ने ग्राहकलाई लक्षित गरी आइफोन १७ उपहार दिने योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार फोनपे नेटवर्कमार्फत कम्तीमा तीन पटक रकमान्तर गर्ने दुई जना ग्राहकलाई लकी ड्रमार्फत आइफोन १७ प्रदान गरिनेछ।
योजना अनुसार फोनपे डाइरेक्टमार्फत रकमान्तर गरेको प्रक्रियासम्बन्धी छोटो भिडियो सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्ने ग्राहकलाई हरेक दिन सामसुङ इयरबड जित्ने अतिरिक्त अवसर पनि उपलब्ध हुने बैंकले जनाएको छ।
यो योजना मंसिर १५ देखि पुस २५ सम्म लागू हुनेछ। योजनामा सहभागी हुन ग्राहकले योजना अवधिभर न्यूनतम तीन पटक फोनपे डाइरेक्ट प्रयोग गरी रकम ट्रान्सफर गर्नुपर्नेछ।
ग्लोबल आइएमई बैंकले पछिल्ला वर्षहरूमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल २०२४ र २०२५’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका अवार्ड हासिल गरेको छ।
देशका सबै ७७ जिल्लामा सेवा विस्तार गरेको यस बैंकका ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्स्टेन्सन तथा राजस्व काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डन लगायतका देशबाट रेमिट्यान्स सेवा संचालन गर्दै आएको छ।










प्रतिक्रिया