Logo

अर्थ

सुनचाँदीको मूल्य घट्यो



काठमाडौं ।  आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले घटेको हो ।

बुधबार २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार ३६ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ३६ सय २५ रुपैयाँमा कारोवार भैइरहेको छ । 

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ११ : २४ बजे