Logo

अर्थ

सरकारले साना सहकारी बचतकर्तालाई पैसा फिर्ता गर्ने तयारी



काठमाडौँ — सरकारले समस्याग्रस्त सहकारीमा जम्मा गरेका साना बचतकर्ताको पैसा फिर्ता गर्ने तयारी गरेको छ। चक्रीय कोष सञ्चालन कार्यविधि तयार गरी एक लाख रुपैयाँसम्म बचत भएका बचतकर्तालाई सरकारले भुक्तानी गर्ने योजना बनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मस्यौदा तयार गरी अर्थ मन्त्रालयलाई पठाइसकेको छ। मन्त्रालयका एक अधिकारीका अनुसार, कार्यविधि अध्ययनको चरणमै रहेको र हालसम्म कति रकम भुक्तानी गरिने भन्ने टुंगो लागेको छैन।

मस्यौदा अनुसार सरकारले निश्चित रकम चक्रीय कोषमा बिउ पूँजीका रुपमा जम्मा गर्नेछ। समस्याग्रस्त सहकारीका बचतकर्ताले सो कोषबाट पैसा फिर्ता पाउने छन्। आगामी दिनमा सहकारीको सम्पत्ति लिलाम गरी संकलित रकम पनि चक्रीय कोषमा जम्मा गरिनेछ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : १३ बजे