Logo

राजनीति

१५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आगामी १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवार रहने औपचारिक घोषणा गरेका छन् ।

हिमालय टेलिभिजनको अन्तर्वार्ता कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै उनले आफू उम्मेदवार हुनेमा कुनै शंका नरहेको स्पष्ट पारे । मुलुकको प्रमुख लोकतान्त्रिक पार्टीको नेतृत्व आफूलाई सुम्पिने विश्वाससमेत व्यक्त गरे ।

पार्टीले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउने सर्वसम्मत निर्णय गरेपछि थापाले थप धारणा राख्दै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यसअघि मिति तय नभएकाले उम्मेदवारीबारे बोलेन, तर अब तिथिमिति सार्वजनिक भएपछि आफू सभापतिको उम्मेदवार भएको उनले दोहोर्‍याए ।

यसैबीच, कांग्रेस विधानअनुसार विशेष महाधिवेशन भएमा त्यसलाई १५औँ महाधिवेशन मानिँदैन । विशेष आवश्यकताका लागि मात्र विशेष महाधिवेशन हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ३ : ३५ बजे