Logo

अर्थ

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो



काठमाडौं — नेपाली बजारमा मंगलबार (मंसिर १६) सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार छापावाल सुन दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ। मंगलबार चाँदी तीन हजार ५४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला तीन हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ११ : ०७ बजे