काठमाडौं । सरकारले एकपटकमा ५ लाख रुपैयाँ वा सोभन्दा माथिको वस्तु तथा सेवाको खरिदबिक्री तथा अन्य सबै प्रकारका कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ । यो व्यवस्था आगामी माघ १ गतेदेखि लागू हुनेछ ।
सोमबार (मंसिर १५) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नगद कारोबारको सीमा तोक्दै ५ लाख रुपैयाँ वा सोभन्दा बढीको कारोबार अनिवार्य रूपमा वित्तीय संस्था तथा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
यस्तै, मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्मानमा हरेक वर्ष भाद्र २३ गते ‘जेनजी सहिद दिवस’ मनाउने निर्णय पनि गरेको छ ।










प्रतिक्रिया