Logo

अर्थ

सालपा विकास बैंकलाई आईपीओ निष्कासन अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंकलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ। बोर्डको सोमबारको निर्णयअनुसार बैंकले प्रतिकित्ता एक सय रुपैयाँ दरका १७ लाख २३ हजार ८८० कित्ता सेयर जारी गर्नेछ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले वहन गर्नेछ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ५ : ४७ बजे