Logo

अर्थ

राष्ट्र बैंकद्वारा दुई मनी चेन्जरको लाइसेन्स रद्द



काठमाडौं — नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही सेवा प्रदान गर्दै आएका दुई मनी चेन्जर कम्पनीको लाइसेन्स रद्द गरेको छ। मनी चेन्जर कारोबारका लागि प्राप्त अनुमतिपत्र म्याद सकिएपछि कानूनी रूपमा तोकिएको तीन महिनाभित्र नवीकरण नगरेकाले लर्ड बुद्ध मनी एक्सचेन्ज प्रालि र स्तूपा मनी चेन्जर प्रालिको लाइसेन्स खारेज गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार नवीकरणसम्बन्धी प्रावधान उल्लङ्घन भएकाले नियमानुसार दुवै कम्पनीमाथि कारबाही गरिएको हो।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १२ : ३२ बजे