Logo

अर्थ

वाणिज्य बैंकहरूले मंसिरमा औसत ब्याजदर घटाए


३० कार्तिक २०८२, आइतबार  

23
Shares

काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर समायोजन गरेका छन्। आइतबार सार्वजनिक भएको विवरणअनुसार २० वाणिज्य बैंकमध्ये १० बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १० बैंकले कात्तिक महिनामा लागू भएको दरलाई यथावत् राखेका छन्।

समग्रमा वाणिज्य बैंकहरूको ब्याजदर औसत ०.१६ प्रतिशत बिन्दुले घटेको छ। ब्याजदर घटाउने बैंकहरूमा प्राइम कमर्सियल, एनआईसी एसिया, कुमारी, सिद्धार्थ, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स, नबिल, नेपाल एसबीआई र सानिमा बैंक परेका छन्।

यस महिनामा सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक एनआईसी एसिया रहेको छ। बैंकले कात्तिकको तुलनामा ०.७५ प्रतिशत बिन्दुले ब्याजदर घटाउँदै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५.७५ प्रतिशत निर्धारण गरेको छ।

मंसिरमा व्यक्तिगत मुद्दति निक्षेपका लागि सबैभन्दा बढी ब्याजदर ग्लोबल आईएमई बैंकले तोकेको छ, जसले अधिकतम ६ प्रतिशतसम्म ब्याज दिनेछ। सबैभन्दा कम अधिकतम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४.७ प्रतिशत रहेको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ११ : ३४ बजे