Logo

अर्थ

आज सुनचाँदीको मूल्य सामान्य घट्यो


२८ कार्तिक २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन ५ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५०  हजार २ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४९  हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो । बिहीबार ३ हजार ३ सय ४५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार २ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ११ : ४१ बजे