Logo

अर्थ

नेपाल राष्ट्र बैंकले चीनसँग ५० रुपैयाँका ४२ करोड नोट छपाइ सम्झौता


२७ कार्तिक २०८२, बिहिबार  

23
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ बैंक नोट छपाइका लागि चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनसँग सम्झौता गरेको छ।

राष्ट्र बैंकका अनुसार नोटको डिजाइन, छपाइ र आपूर्तिका लागि गरिएको सम्झौताको मूल्य १० लाख ४२ हजार २३५.२१ अमेरिकी डलर (अर्थात् करिब १०.४२ मिलियन अमेरिकी डलर) रहेको छ।

५० रुपैयाँका नयाँ नोट छपाइका लागि गत साउन ९ गते बोलपत्र आह्वान गरिएको थियो। बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले न्यूनतम मूल्य प्रस्ताव गरेपछि त्यसलाई चयन गरिएको राष्ट्र बैंकले जनाएको छ।

सम्झौता सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम प्रक्रिया पूरा गरी सम्पन्न गरिएको हो।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  १२ : ३० बजे