Logo

Breaking News 1

असोज १७ र १८ गतेको अविरल वर्षापछिको कुलेखानीको मनमोहक दृश्य


२१ आश्विन २०८२, मंगलबार  

0
Shares

मकवानपुर । असोज १७ र १८ गते परेको अविरल वर्षापछि मानव निर्मित इन्द्रसरोवर ताल अर्थात् कुलेखानीको दृश्य निकै मनमोहक बनेको छ ।

लगातार वर्षासँगै जलाशयमा पानीको सतह उल्लेख्य रूपमा बढेपछि वरिपरिका हरियाली पहाड र पानीमा परावर्तित दृश्यले तालको सुन्दरता झन् आकर्षक बनेको छ ।

स्थानीय बासिन्दा र पर्यटकहरू बिहानको घामसँगै कुलेखानी पुगेका देखिन्छन् । पहाडको फेदीमा फैलिएको निलो पानी, वरिपरिका बोटबिरुवाको हरियाली र शान्त वातावरणले ताल क्षेत्रको सौन्दर्यमा थप रंग भरेको छ । वर्षापछि पानीको सतह बढ्दा कुलेखानी जलविद्युत आयोजनाको जलाशय भरिँदै गएको छ।

स्थानीयका अनुसार वर्षाको पानी स्थिर भएपछि तालको प्राकृतिक रूप झनै सुन्दर देखिएको छ । फोटो खिच्ने, बोटिङ गर्ने र घुमफिर गर्नेहरूका लागि कुलेखानी अहिले आकर्षणको केन्द्र बनेको छ ।

पर्यटक व्यवसायीहरूले पनि हालको मौसम कुलेखानी भ्रमणका लागि उपयुक्त भएको बताएका छन् । उनीहरूको भनाइमा, वर्षापछि निखरिएको हावा र हरियालीले कुलेखानीको प्राकृतिक सौन्दर्यमा नयाँ चमक थपेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ८ : २८ बजे